सोमवार, आश्विन १२ गते २०८३

सेयर बजार ७.०६ अंक बढेर नेप्से परिसूचक २६५४ अंकमा

मंगलवार , आश्विन ६, २०८३

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४ करोडको भयो ।

आज अन्य समूहमा आकर्षण देखिएको छ । यो समूह सूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढे ।

फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटे । आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ । ११ कम्पनीको स्थिर रह्यो ।

मिडसोलु हाइड्रोपावरको मूल्य १५, फर्स्ट माइक्रोफाइनान्सको ७.७५, मैलुङखोला जलविद्युतको मूल्य ५.६३, मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार