सोमवार, आश्विन १२ गते २०८३

बढ्यो सुनचाँदीको मूल्य

बुधवार , आश्विन ७, २०८३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन(चाँदीको भाउ बढेको छ।  मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।  मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार