सोमवार, आश्विन १२ गते २०८३

आज पालिका अधिवेशन गर्दै नेपाली कांग्रेस

बुधवार , आश्विन ७, २०८३


काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका तहको अधिवेशन हुँदैछ।

स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाअन्तर्गत असोज ३ गते वडा अधिवेशनबाट सुरू भएको महाधिवेशन अब पालिका तहमा पुगेको हो।

केही छिटपुट स्थानबाहेक देशभरका अधिकांश वडामा शान्तिपूर्ण रूपमा नेतृत्व चयन भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिले आजको पालिका अधिवेशन पनि सहज र सौहार्दपूर्ण रूपमा सम्पन्न हुने बताएको छ।

प्राकृतिक विपत्ति र विशेष परिस्थितिका बाबजुद निर्वाचन समितिले अधिवेशनको कार्यतालिका अघि बढाएको जनाएको छ। 

भीषण बाढीपहिरोबाट ठूलो क्षति भएको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राखेर केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ सम्म नवीकरण भएका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको समितिले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार