सोमवार, आश्विन १२ गते २०८३

राष्ट्रपतिसँग अर्थमन्त्रीको अर्थपूर्ण भेट, कार्यवाहक पाएको भोलिपल्टै किन गए शितलनिवास?

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बुधवार , आश्विन ७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कार्यवाहक दिएको भोलिपल्टै कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न गएका छन् । आफू संयुक्त राष्ट्रसंघको महासभामा सहभमागी हुन अमेरिका जानुपरेपछि वाग्लेलाई प्रधानमन्त्री शाहले मंगलबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए ।

आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहसँग तिक्ततापूर्ण सम्बन्ध रहेको चर्चा भइरहेको बेला वागलेको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार