काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहले विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तर अभिबृद्बी र प्राज्ञिक उन्नयनका लागि त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्षहरुसँग छलफल एवं परामर्श गरेका छन।
त्रिवि शिक्षाध्यक्षको कार्यालय कीर्तीपुरमा भएको छलफलमा पूर्वशिक्षाध्यक्षहरु क्रमश: प्रा.डा प्रेमराज पन्त, प्रा.डा महेन्द्र सिंह, प्रा.डा सुधा त्रिपाठी, प्रा.डा शिवलाल भुसाल र प्रा.डा खडग के.सी सहभागी थिए ।
छलफलमा पूर्वशिक्षाध्यक्षहरुले त्रिविका मौजुदा नियमहरु संशोधन गरी समयानुकुल बनाउन,शैक्षिक क्रियाकलापमा बाधा नपर्ने गरी त्रिवि क्रिकेट मैदानलाई व्यवस्थित गर्न, अनधिकृत रुपमा हडपिएका त्रिविका जग्गा फिर्ता ल्याउन, त्रिविका अनुसन्धान केन्द्रहरुमान मानवसंशाधनको अभाव हुन नदिई थप सान्दर्भिक बनाउन, कीर्तीपुर स्थित केन्द्रीय विभागहरुका विद्यार्थी आकर्षण बढाउन सुझाव दिएका थिए।
त्यस्तै, एमफिल र विद्यावारिधि कार्यक्रमको गुणस्तर अभिबृद्बी गर्न, अनुसन्धानलाई प्रोत्साह गर्ने र जर्नलहरुको गुणस्तर बृद्धी गर्न, राष्ट्रीय प्राथमिकतामा आधारित अनुसन्धानको स्तरीयता बढाउन, पाठ्यक्रमलाई समयानुकल परिवर्तन गर्न पनि उनीहरूले सुझाव दिएका थिए।
त्रिविलाई प्रादेशिक पुनर्सरंचनामा लैजान, विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा त्रिविले आरम्भ गरेको पोखरा च्याप्टरको कार्यान्वयन अघि बढाउन, कक्षाकोठाको सिकाईलाई उपलब्धीमूलक बनाउन, शिक्षक/कर्मचारीको क्षमता अभिबृद्बी तालिमलाई निरन्तरता दिन, भिजन २०३० को कार्यान्वयन गर्न, विश्वविद्यालयहरुमा रहेको स्कूलहरुको सञ्चालनमा एकरुपता ल्याउन, पाठ्यक्रम विकास केन्द्र र अनुगमन निर्देशनालय लगायतका निकायहरुको जिम्मेवारीका सन्दर्भमा ठोस निर्णय गर्न समेत उनीहरूले अनुरोध गरेका थिए।
छलफलमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहले त्रिविलाई विशेष समयमा विशेष योगदान पुर्याउनुभएका पूर्वशिक्षाध्यक्षहरुले दिनुभएको सुझावलाई संस्थागत विकास र प्राज्ञिक उन्नयनका लागि प्रयोग गर्ने धारणा व्यक्त गरिए।