काठमाडौं। अमेरिकी सेनाले अलकायदाका नेता ओसामा बिन लादेनलाई सन २०११ मे २ मा मा मार्यो। इस्लाम धर्मावलम्बीलाई मृत्युपछि चिहान बनाएर गाडिन्छ। अल–कायदाका नेता ओसामा बिन लादेनको भने चिहान भेटिँदैन।किनभने उनलाई जमिनमा नभई समुद्रमा गाडिएको थियो।
अमेरिकी सेनाले ११ सेप्टेम्बर, २००१ मा अमेरिकाको ट्विनटावर वर्ल्ड ट्रेड सेन्टर र पेन्टागन आक्रमण घटनाका मुख्य योजनाकारको रुपमा अल-कायदाका नेता ओसामा बिन लादेनलाई मारेपछि इस्लाम धर्मअनुसार नै गाडियो तर समुन्द्रमा । त्यसको कारण भने जमिनमा गाडिए उनका अनुयायीका लागी पवित्रस्थल बन्न सक्छ भन्ने रहेको जनाइएको छ।
अमेरिकी विशेष सैन्य दस्ता युएस नेभीसिल (युनाइटेड स्टेट नेभी सी एन्ड ल्यान्ड) ले लादेनलाई पाकिस्तानको एबटाबादमा रहेको एक घरमा छापा मारेपछि उनी र उनको परिवारका केही सदस्य लुकेकाहरुलाई बाहिर निकालेर लादेनको हत्या गर्यो। शव पहिचान गरेपछि सेनाले हेलिकप्टरमार्फत ल्याइएको लादेनको शव युएसएस कार्ल भिन्सन (सिभिएन–७०) बाट उत्तरी अरब सागरमा गाड्यो।
बिन लादेनको शव गाड्ने निर्णय गर्दा अमेरिकाले राजनीतिक, धार्मिक र व्यवहारिक कारणलाई ध्यानमा राखेको थियो। त्यहाँ इस्लामिक अन्त्येष्टि प्रथा पालन गर्न मृत्युको २४ घण्टाभित्र शव गाड्नुपर्ने आवश्यकता थियो। अमेरिकी अधिकारीहरूले लादेनको शव गाडिएको स्थल अनुयायीका लागि पवित्रस्थल बन्ने भएकाले समुद्रमा गाड्नु विकल्प नभएको बताए।
तर अज्ञात देशले लादेनको शव लिन अस्वीकार गरेका कारण उनको समाधि समुद्रमा बनाइएको तर्क सञ्चारमाध्यमले गरेका थिए। विभिन्न समयमा प्रकाशित लेखहरूले अज्ञात भनी नाम नखुलाइएको देश साउदी अरब भएको अनुमान गरेका छन्।
अमेरिकाले लादेनको शव इस्लामी उपदेश र प्रथाअनुसार अन्त्येष्टि होस् भन्ने चाहेर यसरी सल्लाह मागिएको अमेरिकी भनाइ छ। लादेनको शव पखाल्नुका साथै सेतो कपडामा बेरेर अरबी अनुवादकको सहायतामा समारोह आयोजना गरी मृत्यु भएको २४ घण्टाभित्र गाड्न लगाइएको थियो।
लादेनलाई समुद्रमा गाडिएको सम्बन्धमा मुस्लिम नेता तथा विद्वान्हरूको अलग अलग तर्क छ। कोही मानिस समुद्रमा मर्छ त्यसवेला समुद्रमा गाडिन्छ भन्ने कसैको तर्क छ। अन्यथा पैगम्बर मोहम्मदको जन्मस्थान मक्कातर्फ शिरानी बनाएर शव गाडिन्छ।
अर्कोतर्फ इस्लाम व्यवहारिक धर्म भएकाले विशेष परिस्थितिका लागि समुद्रमा अन्त्येष्टि गर्न अनुमति दिने तर्क छ। लादेन कुख्यात भएकाले उनको चिहान पवित्रस्थल बन्ने चिन्ताका कारण समुद्रमा गाडेको तर्क आएको छ। लादेनको अत्येष्टिमा चालकदलका सदस्यसहित ठूलो नौसेना विमान सिभिएन–७० मा सानो समूहमा मानिस सवार थिए।
कार्ल भिन्सनमा एक दर्जनभन्दा कम नेतालाई मात्र बिन लादेनको शवदाहबारे जानकारी थियो। डेढ वर्षपछि अमेरिकी सेनाले इमेलमार्फत लादेनको शव इस्लामिक परम्पराअनुसार समुद्रमा अन्त्येष्टि गरेको जानकारी दिएको थियो।