सोमवार, आश्विन १२ गते २०८३

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

बिहिवार , आश्विन ८, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार देखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।

साविककै आकारमा रङ परिमार्जन गरी नयाँ एक हजार दरको नयाँ बैंकनोट ९सिरिज २०२५० चलनचल्तीमा ल्याइएको हो । उक्त नोट आजदेखि लागु हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ । यो नोटको संकेत नम्बर टर५२ ०००००१ देखि तर५० ९९९९९९ सम्म रहेको छ । नोटको अगाडिपट्टीको मध्य भागमा गभर्नर प्रा.डा विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा सिरिज नम्बर वि.सं २०८२ लेखिएको छ ।

यसअघि २०७७ साउन ३ गतेदेखि चलनचल्तीमा ल्याइएको रु. १००० दर (सिरिज २०१९) को बैंकनोट संकेत नम्बर ज/६८ ०००००१ देखि ट/५१ ४४०००० सम्म मात्र जारी गरिएको थियो । त्यसपछिको संकेत नम्बर ट/५२ ०००००१ बाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार