शनिवार, कार्तिक ८ गते २०८३

४ सन्तानका पिता रोनाल्डोलाई प्रेमिकासंग विहे गर्न परिवार तंगारो

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। विश्व चर्चित फुटबलर रोनाल्डो विहेको कुरालाई लिएर समस्यामा छन्। उनि हाल स्पेनिश मोडेल प्रेमिका जर्जिना रोद्रिगेजसँग बसीरहेकाछन्। तर उनिहरुको विवाहबारे अन्यौल रहेको समाचार सार्वजनिक भएको छ। विवाह नभए तापनि दुबैजना म्यान्चेस्टरमा चार सन्तानसँगै खुसीसाथ बसिरहेका छन्।

हालै उनलाई रोनाल्डोसँग विहे गर्ने योजना बनाउनु भएको छ ? भनेर सोधिएको थियो । होस् भन्ने चाहन्छु तर यो कुरा ममाथि मात्रै मात्रै भर पर्दैनु, जर्जिनाले हाँस्दै प्रश्नको उत्तर दिएकी थिइन्। समाचारमा जनाइए अनुसार रोनाल्डोले अहिलेसम्म विवाहको प्रस्ताव गरेका छैनन्।

रिपोर्ट अनुसार जर्जिनाले रोनाल्डोको विवाह प्रस्ताव पर्खेर बसेकी छन्। तर रोनाल्डोको परिवार तगारोको रुपमा देखिएको बताइन्छ। विशेषगरी आमा मारिया डोलोरेसले आफ्नो छोराले जर्जिनासँग विवाह नगरोस् भन्ने चाहेको जनाइएको छ।

मोडेल जर्जिनाले आफ्नो छोरोको सम्पत्ति देखेर विवाह गर्न चाहेको मारियाको बुझाइ रहेको रोनाल्डो निकट स्रोतले जनाएको छ। मारियाले हालै जर्जिनासँग आफ्नो सम्बन्ध राम्रो भएको र छोरालाई गरेको सपोर्टका लागि मोडेलको निकै प्रशंसा गर्ने बताएकी छन्।

तर सम्बन्ध राम्रो हुँदाहुँदै पनि मारियाले जर्जिनालाई बुहारीको रुपमा भित्र्याउन चाहेकी छैनन्।
आमा मारियाले मात्रै होइन, रोनाल्डोका अन्य तीन छोराछोरीले समेत यस्तै सोच्ने गरेका छन्। यसबाट परिवारबाटै चर्को विरोध भएको प्रस्ट हुन्छ। परिवारबाटै दबाब आउन थालेपछि रोनाल्डो तनावमा रहेको बताइएको छ।

रोनाल्डोका चार सन्तान छन्। जर्जिना छोरी एनालाकी आमा हुन्। क्रिस्टियानो जुनियर उनका जेठा छोरा हुन्। २०१० मा जन्मिएका जुनियरकी आमाको नाम भने रोनाल्डोले अहिलेसम्म गोप्य नै राखेका छन्। त्यस्तै उनले सरोगेसीमार्फत् जुम्ल्याहा छोरी इभा र छोरा म्याटियो समेत जन्माएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार