सोमवार, आश्विन १२ गते २०८३

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

बिहिवार , आश्विन ८, २०८३

काठमाडौँ । राजनीतिक विश्लेषक भरतमणि दाहाललाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। 

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। दाहाललाई प्रहरीले असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।

गैरकानुनी पक्राउ भन्दै रिहाइको माग गरेर दाहालकी छोरी डेनिकाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार