नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २४ पैसा र बिक्रीदर १५३ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ २९ पैसा र बिक्रीदर १७४ रुपियाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ६९ पैसा र बिक्रीदर २०३ रुपियाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ २५ पैसा र बिक्रीदर १८५ रुपियाँ ९८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ७३ पैसा र बिक्रीदर १०८ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ६५ पैसा र बिक्रीदर १०९ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ७३ पैसा र बिक्रीदर १२० रुपियाँ २० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८३ पैसा र बिक्रीदर २२ रुपियाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ८१ पैसा र बिक्रीदर ४० रुपियाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०४ पैसा र बिक्रीदर ४२ रुपियाँ २१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ७२ पैसा र बिक्रीदर ४१ रुपियाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ १८ पैसा र बिक्रीदर ११ रुपियाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५० पैसा र बिक्रीदर १५ रुपियाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३१ पैसा र बिक्रीदर २३ रुपियाँ ४१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५४ पैसा र बिक्रीदर १९ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ ०२ पैसा र बिक्रीदर ४९९ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ५२ पैसा बिक्रीदर ४०८ रुपियाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपियाँ ५८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।