शनिवार, कार्तिक ८ गते २०८३

क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई किन लगाइयो प्रतिवन्ध?

बिहिवार , आश्विन १४, २०७८

काठमाडौं। सोमबार ठुलो दुर्घटना हुनबाट बालबाल बच्यो। काठमाडौंबाट विराटनगरका लागी उडेको बुद्ध एरको जहाज ल्याण्डिङ गेयरमा समस्या भएपछि काठमाडौं फर्कियो। काठमाडौं फर्केर पनि करिब १० राउण्ड लगाएपछि अवतरण गर्यो। 

बुद्ध एयरको एटीआर-७२ विमानमा समस्या आएको हो। उक्त जहाज क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यले हाँकेका थिए। समस्या आएको जहाज भोलीपल्टैबाट संचालनमा आइसाक्यो। तर जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ।

अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको जनाइएको छ। तर उक्त जहाज अहिले नियमित उडानमा छ। बुद्ध एयरका अधिकारीहरुका अनुसार कम्पनी र प्राधिकरणका इन्जिनियरले गरेको अध्ययनपछि जहाज रिलिज भएको हो।

असामान्य परिस्थिति आएका कारण चालक दलमा पर्न सक्ने मानसिक चापलाई ध्यानमा राखी नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा हेर्ने विभागले चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको भनिएको छ।

चालकसहित अन्य सदस्यले प्राधिकरणको सामान्य प्रशिक्षण समेत लिनुपर्नेछ। जहाँ उनीहरुलाई ‘रिफ्रेस’ गराइन्छ। प्राधिकरणका अनुसार ‘इन्सिडेन्ट (दुर्घटना नभएको अवस्था)मा चालक र उनको टीममा पर्न सक्ने मानसिक चाप कम गर्न केही समय ग्राउण्डेड गर्ने प्रचलन रहेको छ।

बुद्ध एयरका एक अधिकारीका अनुसार अब प्राधिकरणले बुद्ध र प्राधिकरणकै टीमले दिने प्रतिवेदन अध्ययन गरेर उनीहरुको लाइसेन्स फुकुवा गर्नेछ। यो काम एक/दुई दिनमै हुने उनले बताए। गत सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाजमा पांग्रा खुलेको जनाउन दिने इन्डिकेटरले काम नगरेको भन्दै जहाज काठमाडौं फिर्ता भएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार