सोमवार, आश्विन १२ गते २०८३

सुनको मूल्यमा आज पनि गिरावट

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ । हिजो तोलामा ३ हजार २ सय घटेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। 

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार तोलाको २ लाख ९९ हजार १ थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ। 

हिजो सुनको भाउ १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार