सोमवार, आश्विन १२ गते २०८३

सुनवल कांग्रेस अधिवेशनमा तनाव, देवेन्द्रराजले फाइल च्यातेर माइक फाले

शुक्रवार , आश्विन ९, २०८३

रुपन्देही । पश्चिम नवलपरासीको सुनवल नगर अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले माइक खोस्नुका साथै कागजात च्यातेपछि मतदान प्रक्रिया स्थगित भएको छ । ६ वटा पालिकामध्ये ५ वटामा भने अधिवेशन सम्पन्न भइसकेको छ । 

दुई दिनसम्म भएको सहमतिको प्रयास विफल भएपछि बिहीबार सुनवलमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदान सुरु गर्नै लाग्दा विवाद उत्पन्न भएको हो।

कँडेलले निर्वाचन स्थलमा पुगेर ‘यो चुनाव हुन्न’ भन्दै माइक खोसेर फालेको बताइएको छ । उनले निर्वाचनसम्बन्धी कागजात र फाइल च्यातेपछि माहोल तनावग्रस्त बनेको थियो। स्थिति असामान्य बनेपछि निर्वाचन समितिले सूचना जारी गर्दै ‘कँडेलले निर्वाचन सामग्री र फाइल च्यातेको तथा दुई पक्षबीच विवादका कारण शान्ति सुरक्षामा अवरोध पुगेकाले मतदान कार्य स्थगित गरिएको’ जनाएको छ।


साँझ साढे ६ बजे मतदानको समय तोकिएको थियो। यस अधिवेशनमा कुल मतदाता संख्या ३ सय ५६ रहेको छ। नगर समितिका लागि आवश्यक सदस्यहरूको निर्विरोध मनोनयन भइसकेकाले बाँकी ५ जना पदाधिकारीका लागि मात्र मतदान प्रक्रिया अगाडि बढाइएको थियो।

करिब दुई घण्टाभित्र मतदान सम्पन्न गर्ने तयारी भइरहँदा मतदान स्थल पुगेका कँडेल पक्षधर कार्यकर्ताले चुनाव शुक्रबार सार्नुपर्ने अडान लिएका थिए। तर, अर्को पक्षले मतदाताहरू लाइनमा बसिसकेको र सबै तयारी पूरा भइसकेकाले तत्काल मतदान हुनुपर्ने अडान राखेपछि तनाव बढेको हो । विवाद र झडपको स्थिति बनेपछि कँडेललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर सुनवल चोकसम्म पुर्‍याएको थियो।

सर्वसम्मतिको प्रयास असफल भएपछि 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार