सोमवार, आश्विन १२ गते २०८३

सिक्किममा भीषण पहिरो,२० भन्दा धेरै घर बगायो

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ । भारतीय राज्य सिक्किमको ग्यालसिङ जिल्लाको रिम्बी गाउँमा लगातार वर्षाका कारण बिहीबार राति ठुलो पहिरो गएको छ।

जसले २० भन्दा बढी घर र सरकारी आवास बगाएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। यद्यपि अहिलेसम्म कसैको मृत्यु भएको खबर आएको छैन।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको ठुलो पहिरोपछि ग्यालसिङ जिल्लाको रिम्बीमा उत्पन्न परिस्थितिबाट म अत्यन्तै दुःखी र चिन्तित छु। अवस्था गम्भीर छ र जनताको सुरक्षा र कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार