सोमवार, आश्विन १२ गते २०८३

कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

आइतवार , आश्विन ११, २०८३

काठमाडौं । अविरल वर्षापछि धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेको छ । यससँगै पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका-१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको हो ।


अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको बेनीघाट रोराङ गाउँपालिका-७ का अध्यक्ष कुमार बस्नेतले बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार