सोमवार, आश्विन १२ गते २०८३

आज यी स्थानमा हुन सक्छ भारी वर्षा

आइतवार , आश्विन ११, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार ९असोज ११० दिउँसो सबै प्रदेशका अधिकांश भूभागमा बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै, लुम्बिनी प्रदेशका तराई भू(भागका केही, वाग्मती र गण्डकी प्रदेशको तराई भू(भागका थोरै तथा कोसी र मधेस प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार