सोमवार, आश्विन १२ गते २०८३

आजदेखि सोह्र श्राद्ध सुरु,पितृको सम्झना गरिँदै

आइतवार , आश्विन ११, २०८३


काठमाडौं ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ ।

सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध आजबाट सुरु भएको हो । 

पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ । आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार