म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगर र वडा नम्बर–२, भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकी नदीमा आएको बाढीले बगाएको छ ।
अन्नपूर्ण गाउँपालिकाका २, ३, ४ नम्बर वडाका साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएको पालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
यस्तै, अन्नपूूर्ण–५, गिवाङमा एक र वडा–३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुईजनाको खोजी जारी छ ।
बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण–४, घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।