शनिवार, कार्तिक ८ गते २०८३

छहारीमा बसेका विद्यार्थीलाई जिपले ठक्कर दिँदा पाँच जना घाइते, तीन जना गम्भीर

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। सल्यानमा छहारीमा बसेका विद्यार्थीलाई ठक्कर दिँदा ५ जना गमिभर घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भिर घाइते भएका छन्। बागचौरदेखि सल्यान खलंगा जाँदै गरेको लु२च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका-२ बाङ्गेसल्लामा शुक्रबार बिहान रूखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको हो।

ठक्करबाट शारदा नगरपालिका-६ बरलाका अन्दाजी १८ वर्षीया मीना परियार, सोही ठाउँकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी, १६ वर्षीया सुशीला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेमध्ये सुशीला, दीपा र सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते पाँचै जनाको श्रीनगरस्थित मेट्रो अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। जिपको ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको पौडेलको भनाइ छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार