बिहिवार, आश्विन १५ गते २०८३

अलकायदाका वरिष्ठ नेता अमेरिकी ड्रोन हमलामा सिरियामा मारिएको पुष्टी

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। अलकायदाका एक वरिष्ठ नेता अमेरिकी ड्रोन हमलामा मारिएका छन्। अमेरिकी विदेश विभागले यसको पुष्टि गरेको हो। सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा अलकायदा नेता सलिम अबु अहमद मारिएका हुन्। यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन्। 

यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो। त्यसैगरी, ह्वाइट हेल्मेट टिम नामक सिभिल दस्ताका अधिकारीहरुले इदलिब–बिनिस सडकमा कारबाट एउटा अज्ञात शव निकालिएको जनाएका थिए। 

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी फौजले इदलिव प्रान्त नजिक अलकायदाका नेतालाई निशाना बनाएर ‘आतंकवादविरोधी हमला’ गरेको थियो। सोही हमलामा अहमद मारिएको समाचारमा जनाइएको छ। मारिने नेताले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्ने गरेको समाचारमा जनाइएको छ।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार