काठमाडौं। सल्यानमा जिपको ठक्करबाट गम्भिर घाइते २ छात्राको मृत्यु भएको छ। जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको हो।
उनिहरुको राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचार हुँदै थियो।
मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका-६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
अन्य तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। आज बिहान बागचौरदेखि सल्यान खलंगा जाँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका-२ बाङ्गेसल्लामा रूखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो।
तीव्र गतिका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट करिब १० मिटर तल खसेको छ। जिपको ठक्करबाट ५ जना घाइते भएका थिए।