काठमाडौं । टोकियो ओलम्पिक दर्शक विना नै सञ्चालन हुने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुन लागेको टोकियो ओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।
कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय भएको हो । बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिटानबीच बैठकले दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
जापान सरकारले टोकियोमा संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो । टोकियोमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । जसका कारण ओलम्पिकमा दर्शकलाई प्रवेशको अनुमति नदिने भएको हो ।