बिहिवार, आश्विन १५ गते २०८३

जारी इपिएलमा ललितपुरद्वारा विराटनगर ३७ रनले पराजित

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौं। कीर्तिपुरस्थित टियू मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)  अन्तरगत शुक्रबार भएको खेलमा ललिलतपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ। ललितपुरले जारी सिजनमा राम्रो स्कोरका साथ पहिलो जित निकालेको हो।

ललितपुरले इपिएल इतिहासकै सर्वाधिक २२६ रनको स्कोर बनाउँदा अफगानी खेलाडी आजमतुल्लाह ओमरजाई नायक साबित भए। उनले अलराउन्ड प्रदर्शन गर्दा विशाल लक्ष्य पछ्याएको विराटनगर राम्रो प्रदर्शनका वावजुद ३७ रनले पराजित भएको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रन बनाएको थियो। जवाफमा कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो।

खेलको म्यान अफ द म्याच ओमरजाई भए। उनले ४ ओभरमा ४२ रन खर्चंदै ४ विकेट लिए। त्यस्तै ललित राजवंशीले २ विकेट लिए। पहिलो खेलमा काठमाडौंसँग पराजित ललितपुर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार