मंगलवार, आश्विन २० गते २०८३

कांग्रेस १५औँ महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै

मंगलवार , आश्विन २०, २०८३


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक व्यक्तिले आफ्नो मनोनयन दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । 

उमेदवारको प्रथम नामावली प्रकाशन दिउँसो साढे ४ बजे हुनेछ । उमेदवारीको दरखास्तमा दावी विरोधका लागि साढे ४ देखि साढे ५ बजेसम्मको समय तोकिएको छ । 

दावी विरोधउपर जाँचबुझ साढे ५ देखि साढे ६ बजेसम्म हुनेछ । उमेदवारको दोस्रो नामावली प्रकाशन बेलुका ७ बजे हुने निर्वाचन समितिले जनाएको छ । 
 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार