काठमाडौं। कोरोना महामारीका कारण प्रतिवन्ध लगाइएको भारतिय गाडीलाई नेपाललमा प्रवेश अनुमति दिइएको छ। रोकिएको करिव डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको हो।
कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन्।
विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन सरकारले तोकेको कोभिड प्रोटकेकल पालना गरी नेपाल आउन सक्नेछन्।