काठमाडौं। साफ च्याम्पियनसिपको इतिहासमा नेपालले माल्दिभ्सलाई पहिलो पटक पराजित गरेको छ।
साफ च्याम्पियनसिप(२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकाल्दै माल्दिभ्समाथी पहिलाृे पटक जित निकालेको हो।
खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गरेको गोल नेपालका लागि निर्णायक बन्यो। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मनिष नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। जितसँगै नेपालले तीन अंक जोडेको छ।
प्रतियोगितामा बंगलादेशले पनि तीन अंक जोडेको छ। उसले शुक्रबार नै भएको खेलमा श्रीलंकालाई १–० ले नै पराजित गरेको थियो। साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। दुई टोलीबीच साफमा अहिलेसम्म सातपटक भेट भइसकेको छ। जसमा माल्दिभ्सले पाँच खेलमा जित निकालेको छ भने दुई खेल बराबरीमा टुंगेको थियो।