काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्ष झन्डै ३१ अर्ब बजेट ल्याएको छ।
त्रिविले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको हो।
जुन अघिल्लो वर्षको भन्दा ९.७७ प्रतिशत बढी हो। त्रिविले गत आर्थिक वर्ष २०८२/०८३ का मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट ल्याएको थियो।
आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविले नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको हो।
विगतमा त्रिविले साउनमै बजेट ल्याउने गरेको थियो।तर यो वर्ष सिनेटर नियुक्ति नहुँदा ढिला बजेट आएको हो।