बुधवार, आश्विन २८ गते २०८३

यी पाँच प्रदेशका केही भूभागमा हुनेछ आज वर्षा

बुधवार , आश्विन २८, २०८३

काठमाडौं । देशका केही स्थानमा आज वर्षा हुनेछ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो । 

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । 

हिमाली भूभागका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । 

हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार