काठमाडौं। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले आज दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ। मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएको थियो। श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ।श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो।
नेपालले श्रीलंकासँग सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो। त्यसबेला नेपालले श्रीलंकालाई १–० ले हराएको थियो। पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेकोले हरेक खेल महत्वपूर्ण छ।
आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ। भारत र बंगलादेशबीच खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ।