काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को महासचिवमा दीपेश पुन चयन भएका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुन यसअघि उपाध्यक्ष थिए। अखिलको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो।
क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह यसअघि नै चयन भएकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको टुंगो लगाएका थिए।