शनिवार, कार्तिक ८ गते २०८३

काठमाडौंका सार्वजनिक स्थान र बसमा पाकेट मार्न यस्तो कोड भाषा

सोमवार , आश्विन १८, २०७८

काठमाडौं। सार्वजनिक बस र  सपिङ मलहरुमा पाकेट मारेको आरोपमा पक्राउ परेका ‘पाकेटमार’हरुलाई सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न आरोपमा पक्राउ परेका १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। 

चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए। पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ। जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।

दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो। सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। 

प्रहरीले पाकेटमारले सांकेतिक भाषाको प्रयोग  गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाकेटमारहरुले पैसालाई (द), मोवाइललाई (कान) पाकेटमारी सकेको मान्छेलाई (रामे) र पाकेटमारका मास्टरलाई (काशी) भन्ने गरेको जनायो। 

त्यस्तै पैसा धेरै भएकोलाई (टानको द), पैसा थोरै भएकोलाई (जुटको द) गाडीलाई (काँचा) केटालाई (छापा) केटीलाई (भद्री) पुलिस आयो भन्नलाई (ठुल्दाई आयो) ड्राइभरलाई (माम) खलासीलाई (मले) गाडीबाट झरेर भाग भन्नलाई (टप्की), गाडीभित्र अगाडि सर (अकल जा) र गाडीभित्र पछाडि सर भन्नलाई (चिछल जा) भन्ने कोड भाषा प्रयोग गर्ने गरेको पनि प्रहरीले खुलासा गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार