बिहिवार, आश्विन १५ गते २०८३

चिनलाई ताइवानले दियो यस्तो चेतावनी

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले नजिस्काउन चेतावनी दिएको छ। सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले यस्तो चेतावनी दिएको हो। 

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँछ। ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ।

चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु विमान उडाएको पहिलो घटना हो। ताइवानले दुई देशबीच बढ्दो तनावको प्रमुख दोषी चीन रहेको आरोप लगाएको छ। 

चीनले भने ताइवानसँग तनावको अवस्था आउनुमा अमेरिका दोषी रहेको जिकिर गर्दै आएको छ। केही दिनअघि पनि चीनका झण्डै ४० वटा सैनिक जहाज ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार