शनिवार, कार्तिक ८ गते २०८३

घरसम्मै पुर्याउने भनी बढी भाडा लिएर नाकामै छोडेपछि भारतबाट फर्केका नेपाली अलपत्र

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। भारतबाट घर फर्कन लागेका नेपालीबाट ट्राभल एजेन्सीले घरसम्मै पुर्याउने भाडा लिएर नाकामै छोडिदिएपछि उनिहरु अलपत्र परेका छन्। सुदूरपश्चिम प्रदेशको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा पुगेका यात्रु अलपत्र परेका हुन्। 

गन्तव्यसम्म पुर्‍याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्‍याएपछि उनीहरू अलपत्र परेका हुन्। दिपायलसम्म पुर्‍याउने भनी उनिहरुबाट दुई हजार ५०० भारतीय रुपैयाँ भाडा लिएका थिए। भारतका विभिन्न शहरबाट ८० जनाभन्दा बढी यात्रु आएका थिए। अन्य गाडीमा स्वदेश फर्किएकाहरू पनि समस्यामा परेका छन्।

यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन नसकेको प्रष्टीकरण दिएको छ। उनिहरुलाई नाकामै छोडिएपछि मंगलबार बिहान नाकामा ट्राभल्स एजेन्सी र अटोरिक्सा चालकबीच विवाद समेत भएको थयो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार