काठमाडौं। कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट एक वृद्ध र बालकको मृत्यु भएको छ। अन्य ५२ जना विरामी छन् उनिहरुको अस्पतालमा भर्ना भई उपचार भैरहेको छ। कृष्णनगर नगरपालिका-८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालकको झाडापखालाबाट मृत्यु भएको हो।
झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए।
उनका अनुसार दूषित पानीका कारण झाडापखाला फैलिएको हो। झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए।