शनिवार, कार्तिक ८ गते २०८३

३३ किलो सुन काण्ड : भरिया सनमको हत्या मुद्धामा गोरेसहित ६ जनालाई जन्म कैद 

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन्। अन्य सबैले सफाइ पाएका छन्। ५६ जनाले सफाइ पाएका छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो। तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ।

त्यस्तै ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो ।

हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्। थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो।

तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो। घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ।

सपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि बाहिरिएको भिडियोले सुनको ठूलो जालो सार्वजनिक भएको थियो ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव इश्वर पौडेलको नेतृत्वको छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो। जसका आधारमा सुन तस्करीको अभियोगमा ७७ जना बिरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

मुद्दामा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि पनि अभियोग लगाइएको थियो। तर उनिहरु सबैले सफाई पाएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार