शनिवार, कार्तिक ८ गते २०८३

अदालत घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुने

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। अदालत घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुने भएको छ। मंगलबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। 

दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ। जस अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म बन्द रहने छ।

त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ। न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार