शनिवार, कार्तिक ८ गते २०८३

बुद्ध एयरको विमान सुर्खेतमा अवतरण हुन नसकेपछि नेपालगंज डाइभर्ट

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ। 

विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिए। उनले विमानमा अरु कुनै समस्या देखिएर नभई काँक्रेविहार क्षेत्रमा देखिएको कुहिरोकै कारण ल्याण्ड हुन नसकेको बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार