शनिवार, कार्तिक ८ गते २०८३

माओवादी, जसपा र कांग्रेसको पौडेल समुहले मन्त्री छान्दै

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। सत्ता गठबन्धनमा मन्त्री र मन्त्रालयको भाग मिलेपछि गठबन्धनका दलहरु मन्त्री छान्ने काममा जुटेका छन्। मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मन्त्री छान्न जुटेका हुन्। 

मन्त्री छनोटलाई औपचारिकता दिन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि नै माओवादीले अध्यक्ष प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिएको थियो। यस्तै जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बसीरहेको छ।

त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पनि बस्दैछ। दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो। पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार