काठमाडौं। अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ। एक निजी घरमा भएको आगलागीमा भएको हो। घरमा सुतिरहेका बेला आगलागी हुँदा एकै परिवारका सात जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा चार जना बालबालिका हुन्। विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने एकिन भएको छैन। प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ।