शनिवार, कार्तिक ८ गते २०८३

चीनले दिने भयो १० लाख डोज खोप नेपाललाई अनुदान 

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको १० लाख डोज अनुदान दिने भएको छ। बुधबार चिने सिनोभ्याकको १० लाख डोज खोप अनुदानमा दिने जानकारी दिएको हो। 

चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी हुन्। 

भेटमा राजदुत यान्छीले कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन अर्थात (९ करोड २४ लाख रुपैयाँ) पनि सहयोग गर्ने जनाएको राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार यसबाहेक चीनले तीन लाख डोज खोप नेपाली सेनाका लागि छुट्टै दिने जानकारी दिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार