काठमाडौं। पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्।
पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.९ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको हो।जीओ टेलिभिजनकाअनुसार करिब तीनसय जना घाइते भएका छन्।
तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।