शनिवार, कार्तिक ८ गते २०८३

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत फेला

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। चतर्वेदीको बुलबुलेमै घर छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं-७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेको खबर आएको थियो। घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार