काठमाडौं। जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ। जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको हो।
स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको विभागले जनाएको छ। भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइनसकेको समाचारमा जनाइएको छ