बुधवार, आश्विन १४ गते २०८३

ईपिएल फाईनल: पहिलो पटक फाइनल पुगेका यी २ टोली मध्ये कस्ले उचाल्ला उपाधी?

शनिवार , आश्विन २३, २०७८

काठमाडौं। चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ। टियु क्रिकेट मैदानमा सवा १२ बजे हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। 

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ।

पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन्। त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार