शनिवार, कार्तिक ८ गते २०८३

प्रहरी जवान आफ्नै कोठामा मृत फेला

शनिवार , आश्विन २३, २०७८

काठमाडौं। झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला परेका छन्। नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्की आफ्नै कोठमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। 

प्रहरीका अनुसार करिब २५ वर्षीय सरोज भद्रपुर नगरपालिका-८ स्थित पुरानो विदुर बोर्डिङ स्कुल नजिकै एक घरमा भाडा श्रीमती र बच्चासंग बस्दै आएका थिए। उनी मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका हुन्। उनकी श्रीमती पनि प्रहरीमा कार्यरत छन्। 

उनि झुन्डिएको भएपनि खुट्टा भुइँमै छोएको र कोठाका सरसामान छरपस्ट देखिएकाले घटना शंकास्पद भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिने तयारी गरेका छन्। परिवारजनको उपस्थितिमा शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार