काठमाडौं। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले आइतबार अपरान्ह मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन्।
आइतबारै कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बनेका हुन् ।
त्यस्तै माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीमा दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा बर्दियाका तिलकराम शर्मा मन्त्रीमा नियुक्त भएका हुन्।
त्यस्तै कांग्रेसबाटै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री बनेका रिना नेपाल विकले पनि शपथ लिए।
र माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादव नियुक्त भएका हुन्।