काठमाडौं। साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो।
७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे। कप्तान सुनिल क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए। जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ। यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो।
यसअघि आइतबारै भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै आयोजक माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।