शुक्रवार, आश्विन १६ गते २०८३

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्ससूची

सोमवार , आश्विन २५, २०७८

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रियसभाको बैठक पनि दिउँसो २ बजे नै बस्दैछ। 

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट राष्ट्रिय दलित आयोग, मधेसी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दे आएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार