शनिवार, कार्तिक ८ गते २०८३

अन्तिम समयमा लिष्टबाट हटाइएका डोबाटे विक बने मन्त्री

सोमवार , आश्विन २५, २०७८

काठमाडौं। यसअघी अन्तिम समयमा मन्त्रीको लिष्टबाट हटाइएका डोबाटे विक मन्त्री बनेका छन्। गण्डकी सरकारको मन्त्रीमा नियुक्ति भएर सपथका लागि जाँदै गर्दा बाटोबाटै फर्काइएको दोवाटे विश्वकर्मलाई बिनाविभागीय मन्त्री बनाइएको हो।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट दोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्रीमा नियुक्त गरेका हुन्। दोवाटेको सपथग्रहण आजै साँझ हुने भएको छ।

जेठ २९ मै मन्त्री हुने निश्चित भएका दोवाटेलाई बाटोबाटै फर्काएर विन्दुकुमार थापालाई मन्त्री बनाइएपछि आलोचना भएको थियो। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर विकलाई पनि मन्त्री बनाउने सहमति भएको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार