शुक्रवार, कार्तिक ७ गते २०८३

यात्रुसँग तोकेभन्दा बढी भाडा लिन खोज्ने सातजना पक्राउ

सोमवार , आश्विन २५, २०७८

काठमाडौं। यात्रुसंग तोकेभन्दा बढी भाडा लिने ७ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चाडपर्वका लागी घर जाने यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी अनाधिकृत रूपमा भाडा उठाउने सात जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको हो। 

पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु  क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको भट्टराईले बताए। 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार